काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका–१२ सांकोषमा श्रीकृष्ण मन्दिरको शिलन्यास गरिएको छ । नीलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष धर्मराज भण्डारी (राजकुमार) ले एक कार्यक्रमका विच आइतबार मन्दिरको शिलन्यास गरेका हुन् ।
मन्दिरको शिलन्यास गर्दै वडा अध्यक्ष भण्डारीले विकास निर्माणका कामसँगै हरेक धर्म, सस्कृति संरक्षणलाई पनि मध्यनजर गर्दै वडाले काम गरिरहेको बताए । नागरिकको आवश्यकता र चाहना अनुरुप नै वडाले काम गर्दै आएको छ । विकास निर्माणका योजना, शिक्षा, स्वास्थ्य, कृषि लगायत कला संस्कृति संरक्षणमा पनि वडाले योजनावद्ध रुपमा काम गर्ने उनले बताए ।
पुजा आजा गर्ने मन्दिर नजिक नभएका कारण श्रीकृष्ण मन्दिर बनाउन लागिएको मन्दिर निर्माण समितिका अध्यक्ष रत्नबहादुर भट्टले बताए । नीलकण्ठ नगरपालकाको १० लाख सहयोगमा मन्दिर बनाउन आइतबार शिलन्यास गरिएको उनले बताए ।
संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय बागमती प्रदेशको १० लाख, १ लाख ११ हजार श्रमदान गरी ११ लाख ११ हजारमा मन्दिर निर्माण गरिने रमेश अधिकारीले जानकारी दिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।