काठमाडौं- फेला परेको सुनको सिक्रि, सिक्रि धनीलाई हस्तान्तरण गरिएको छ । फेला परेको सुनको सिक्रि धादिङको नीलकण्ठ नगरपालिका–३ मिलनटोलका अर्जुन श्रेष्ठको भएको पत्ता लागेपछि श्रेष्ठलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।
नीलकण्ठ नगरपालिका–९ का ध्रुव श्रेष्ठले सोमबार विहान करिव साँडे नौ बजे धादिङ अस्पतालको ल्याव नजिकै सुनको सिक्रि फेला पारेका थिए । सुनको सिक्रि फेला पारेपछि सोधपुछ गर्दा सिक्रि धनी नभेटिएपछि जिल्ला प्रहरी कार्यालय धादिङमा लगेर बुझाइ दिएको श्रेष्ठले बताए । ‘श्रीमती र म स्वास्थ्य परिक्षणका लागि धादिङ अस्पताल गएका थियौं । श्रीमतीले सिक्रि देख्नुभएछ । अस्पताल वरिपरी सबैलाई सोध्यौं । तर भेटिएको सुनको सिक्रि धनी नभेटिएपछि प्रहरीलाई बुझाइदिए ।’
भेटिएको सुनको सिक्रि धनीलाई बुझाउन पाउँदा खुषी लागेको उनले बताए । ‘म धुसेनी आधारभूत विद्यालयमा अध्यापन गराउँछु । प्रहरीलाई दिदा सुरक्षित हुने र आफु बजारमा बसी राख्न नपाइने हुनाले प्रहरीलाई बुझाइदिए । जसको भएपनि सामान हराएपछि परिवारमा पिडा हुन्छ । पछि मात्रै थाहा भयो । चिनजानकै साथीभाई पत्रकार अर्जुन जी को रहेछ । रोग निको बनाउन अस्पताल पुगेका हामी भेटिएको सुनकोे सिक्रिले थप खुषी थप्यो’ उनले भने ।
हराएको सुन भेटिदा खुषी लागेकोे सिक्रिका धनी अर्जुन श्रेष्ठले बताए । ‘धु्रव जी को फेसबुकमा देखेँपछि छक्क परेँ । म पनि अस्पताल गएको थिएँ भनेर घाँटी छाम्दा पो थाहा पाएँ, मेरो सिक्रि हराएको रहेछ’ उनले भने– ‘सिसि टिभि फुटेज, सिक्रि हेरेपछि मेरै रहेछ भन्ने पत्ता लाग्यो । हराएको सुन भेटेर बुझाइदिने ध्रुव जी प्रति हार्दिक आभारी छु । यो उपहारमा पाएको सिक्रि हो, धन्न हराएर पनि भेटेँ, यो दोस्रो उपहार भो । ध्रुव जी, धादिङ अस्पताल र जिल्ला प्रहरी कार्यालय धादिङ परिवारप्रति कृतज्ञ छु ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।