|फाइल फोटो
काठमाडौं– धादिङमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता हुने भएको छ । नयाँ बर्ष २०८१ को अवसर पारेर २०८० चैत २९ गते देखि २०८१ बैशाख १ गते सम्म कबड्डी प्रतियोगिताको आयोजना गरिएको हो ।
विल्केश्वर युवा क्लबको आयोजना र धादिङ कबड्डी संघको सहकार्यमा जिल्ला स्तरीय पुरुष कबड्डी प्रतियोगिता (विल्केश्वर कबड्डी कप ) आयोजना गरिएको विल्केश्वर युवा क्लबका अध्यक्ष बिकाश गरंजाले जानकारी दिए ।
प्रतियोगिताको विजेतालाई नगद ३० हजार, उपविजेताले १५ हजार तथा तृतिय हुने समुहले ७ हजार नगद पुरस्कारसहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिने गरंजाले जानकारी दिए ।
साथै बेस्ट रेडर, बेस्ट डिफेण्डर, सम्मान गरिने आयोजकले जनाएको छ । जिल्लाको जुनसुकै स्थानबाट पनि सहभागी हुन पाउने यस प्रतियोगितामा खेलाडीहरु भने जिल्ला भित्रकै हुनुपर्ने अन्य जिल्लाका खेलाडीहरु समावेश हुन नपाउने, खिलाडीको तौल ७० के.जी. भन्दा कम हुनुपेर्ने आयोजकले जनाएको छ ।
चैत्र २६ गतेसम्म प्रतियोगितामा सहभागी हुन टिम दर्ता गरि सक्नु पर्नेछ । दर्ता शुल्क तीन हजार रुपियाँ लाग्ने र खेलमा समावेश हुने सम्पूर्ण खेलाडीहरुको ५०,००० सम्मको बिमा गरिने आयोजकले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।