काठमाडौं– कर्णाली नदीमा हामपछि बेपत्ता भएका पुरूष मृत फेला परेका छन् । कञ्चनपुर स्थायी घर भई कैलालीको लम्किचुहा नगरपालिका–३ चिसापानी बस्ने करिव ३० वर्षीय लोकेन्द्र शाही मृत भेटिएका हुन् ।
होली पर्वको अवसरमा सोमबार दिउँसो चिसापानीस्थित कर्णाली नदीको पुलमाथि रमाइलो गर्दै पौडी खेल्न १७ जनाले हाम फालेका थिए । ति मध्ये शाही पुलमाथिबाट हाम फाल्ने बित्तिकै बेपत्ता भएका थिए ।
उनको तीन दिनपछि बिहीबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो । अन्य १६ जनासँगै उनले पुलबाट रमाइलो मान्दै फोटो सुट गर्दै पौडी खेल्न नदीमा हाम फालेका थिए ।
नेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।