काठमाडौं– धादिङका पत्रकार अर्जुन श्रेष्ठ सम्मानित भएका छ्न् । प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले प्रदान गरेको प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ बाट श्रेष्ठ पुरस्कृत भएका हुन् ।
नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको हो । श्रेष्ठ २०६७ सालदेखि सक्रिय पत्रकारितामा रहेका छन् । श्रेष्ठ हाल नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादनक हुन् ।
श्रेष्ठसहित राजाराम डंगोल पनि सम्मानित भएका छन् । प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट डंगोल सम्मानित भएका हुन् । उनी रेडियो कृषिको कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमको संचालक हुन् ।
पुरस्कृत श्रेष्ठ र डंगोललाई नगदसहित सम्मान–पत्र र दोसल्ला ओडाएर सम्मान गरिएको हो ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।