भोटेकोशी बाढीबाट अभिभावक गुमाएका बालबालिकालाई बागमती सरकारले निःशुल्क आवासीय शिक्षा दिने

  • २०८३ भाद्र २०, शनिबार (५८ मिनेट अघि)
  • ९ पटक पढिएको
भोटेकोशी बाढीबाट अभिभावक गुमाएका बालबालिकालाई बागमती सरकारले निःशुल्क आवासीय शिक्षा दिने

काठमाडौं– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट अभिभावक गुमाएका बालबालिकाको शिक्षाको जिम्मा बागमती प्रदेश सरकारले लिने भएको छ । बाढीका कारण आमाबुबा विहीन बनेका बालबालिकालाई आवासीय सुविधासहित कक्षा १२ सम्म निःशुल्क शिक्षा उपलब्ध गराउने निर्णय गरेको हो ।

Advertisement

प्रदेश सरकारले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत जिल्लामा आएको बाढीबाट अभिभावक गुमाएका बालबालिकाको भविष्य सुरक्षित बनाउन यस्तो निर्णय गरिएको हो । बालबालिकाको आवास, विद्यालय शिक्षा तथा आवश्यक शैक्षिक व्यवस्थापन प्रदेश सरकारले गर्ने जनाइएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट