काठमाडौं– यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । अहिलेसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् ।
विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको र आउनेक्रम वैशाख अन्तिमसम्म रहने बताए । तर अघिल्लो वर्षको तुलनामा यसवर्ष सङ्ख्यात्मक रुपमा केही कम हुनसक्ने उनको अनुमान छ ।
निर्देशक गुरुङका अनुसार यो वर्ष चार सयभन्दा बढीको सङ्ख्या आरोही आउने विश्वास छ । अघिल्लो वर्ष अहिलेसम्मकै धेरै चार सय ७८ आरोहीले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।