काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपाले गरेको आन्दोलनको क्रममा सार्वजनिक सम्पत्तिमा क्षति भएको भन्दै काठमाडौं महानगरपालिकाले जरिवाना तिर्न पत्र पठाएको छ । महानगरले हिजो राप्रपाको कार्यालय धुम्बाराहीमा पत्र पठाएको हो ।
पत्रमा ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले मर्मत गर्न लाग्ने शुल्क २ सय २२ रुपैयाँ र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा ३९ बमोजिम ५ हजार जरिवाना तिराउने निर्णय भएको उल्लेख छ ।
राप्रपाले गएको २७ गते भद्रकालीमा गरेको प्रदर्शनबाट ट्राफिक आइल्याण्डमा क्षति पुगेकाले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ९७ बमोजिम २२२ रुपैयाँ मर्मत सम्भारका लागि तिराउने निर्णय भएको महानगरपालिकाले जनाएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।