काठमाडौं– सिरहाको सिरहा नगरपालिका–१८ जरुवा स्थित लक्ष्मीनिया टोलबाट प्रहरीले नाबालिग हत्या आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीया सोना देवी यादव र पूजा कुमारी यादव छन् ।
रमेश यादवको ३ वर्षीया छोरी रिया कुमारी यादवलाई हत्या गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको सिराहाका एसपी सन्तोष आचार्यले बताए ।
पक्राउ परेका सोना देवी र पूजा कुमारी आमा छोरी हुन् । डेढ वर्षअघिको विवादलाई लिएर आमा छोरी मिलेर बालिकाको हत्या गरेका हुन् ।
सडकमा खेलिरहेकी रियालाई बिस्कुट दिएर घरमा ल्याएपछि घाँटी थिचेर हत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । आरोपी र मृतकका बुवा आमा छिमेकी हुन् । आरोपीहरू विरुद्ध प्रहरीले ज्यान सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।