कामाडौं– धादिङको थाक्रे गाउपालिका–५ पुरानडाँडास्थित घट्टेखोला भन्ने ठाउँमा आगलागीबाट दुइ जनाको मृत्यु भएको छ ।
बुधबार राती आफ्नै घरमा आगलागी हुँदा अन्दाजी ७० वर्षीय तेज बहादुर लामा र उनकी श्रीमती ठुली लामाको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम केसीले बताए ।
’राती करिव ११ः३० बजे घरमा आगो लागेको खबर पायौं । हाप्सेचौर अस्थायी प्रहरी चौकी र इलाका प्रहरी कार्यालय खानीखोलाको टोली घटनास्थल पुग्दा आगोले जलेर मृत्यु भइसकेको थियो । हामी थप अनुसन्धान गर्दैछौं’, प्रहरी उपरीक्षक केसीले भने– घरमा भएका अन्नपात र लत्ताकपडा सबै जलेर नष्ट भएको छ ।’
थाक्रे गाउँपालिका– ५ का वडा अध्यक्ष सन्त बहादुर लामाका अनुसार रातीको समयमा एक्कासी घरमा आगो लाग्दा भाग्न नभ्याएर दम्पतीको जलेर मृत्यु भएको हो । ’कच्ची घरको चोटामा सुत्ने गर्नुभएको रहेछ । सुत्ने ठाउँ भन्दा मुनीपट्टी गाईवस्तुलाई ओछ्यान ल्याएर राखेको पत्कर तथा गहुँको छवालीहरु राख्नुभएको रहेछ । बत्तीको मिटर पनि त्यही रहेछ । वारीपारीका मान्छेहरुले बिजुलीको तारमा झिल्का निस्किएको देखेको बताएका छन्’, अध्यक्ष लामाले भने– ’अहिलेसम्म सबैले करेन्ट सर्ट भएर एक्कासी आगो दन्किएको र रातीको समयमा भाग्न नभ्याएर अथवा आगो निभाउन कोशिष गर्दा वृद्ध दम्पतीको जलेर मृत्यु भएको अनुमान गरिएको छ ।’
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।