काठमाडौं – सेयर बजार फेरि दुई हजार विन्दुभन्दा तल झरेको छ । अस्ति दोहोरो अङ्ले बढेर दुई हजार विन्दुमाथि पुगेको सेयर बजार परिसूचक नेप्से आज सात दशमलव ३१ अङ्कले घटेर एक हजार नौ सय ९८ दशमलव ९६ विन्दुमा झरेको हो ।
आज माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको सेयर घटेकोमा बीमा, विकास बैंक समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ । आज पिपुल्स पावर कम्पनीको सेयर आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।
समग्रमा बजार घटेको दिन समता घरेलु लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त कम्पनीको सेयर भने १० प्रतिशतले बढेको छ ।
आज तीन सय आठ वटा कम्पनीका ९४ लाख ९८ हजार कित्ता सेयर चार अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ । आज सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्स कम्पनीको २८ करोड रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।