काठमाडौं– लगातार दोस्रो दिन आज पनि सेयर बजार उच्च अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज १५ दशमलव ६२ अङ्कले घटेर एक हजार नौ सय ५८ दशमलव ७५ विन्दुमा झरेको छ ।
आज विकास बैंक बाहेक अरू सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै पोखरा फाइनान्स र दोल्ती पावर कम्पनीको सेयर १० प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार राताम्मे भएको दिन आज बोटलर्स नेपाल तराईको सेयर नौ प्रतिशतले बढेको छ ।
आज ६९ लाख ७८ हजार कित्ता सेयर दुई अर्ब ८९ करोड १३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । सबैभन्दा धेरै सिटिजन लाइफ इन्सुरेन्सको ३१ करोड ९८ लाख रुपैयाँको सेयर खरिद÷बिक्री भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थपनेपालपथ नेटवर्क
निलकन्ठ, धादिङ्ग, बागमती प्रदेश
सम्पर्क: ९८४३३५३३३३
स्थायी लेखा नं.: १११८६६३०८
सञ्चार रजिष्ट्रार दर्ता प्र.नं.: ००२३२/०८०/०८१
वेबसाईट: nepalpath.com
सम्पादक : | अर्जुन श्रेष्ठ |
सह सम्पादक : | तिर्थमाया तामाङ्ग |
ब्यबस्थापक : | सविना रंजितकार |
नोट: स्रोतहरू खुलाइएका बाहेक नेपालपथ नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।