





























काठमाडौं– जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ।


नलगाड नगरपालिका–५ कालीबाटीबाट करुवा जाँदै गरेको ग ३ च ९८४५ नम्बरको बोलेरो जिप कैना–कड्के सडकअन्तर्गत बिरखोला नजिक दुर्घटनामा परेको हो ।
दुर्घटनामा परि नलगाड नगरपालिका–३ करुवाका ३१ बर्षीय जिप चालक ईन्द्रजित थापा, ६५ बर्षीया शिला पुन, ३३ बर्षीया शारदा थापा, १७ बर्षीया लक्ष्मी पुन रोका र लक्ष्मीका एक महिनाका छोरा आलोचन रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।
प्रहरीका अनुसार घटनास्थलमा पुगेको टोलीले पौने ३ बजे दल्लीस्थित नगर अस्पतालमा दुर्घटनाका घाईतेहरुलाई ल्याएको थियो। अस्पतालले पाँच जनालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा दुई जना घाइते भएका छन् । नलगाड नगरपालिका–३ का १९ बर्षीय जनक थापा र २१ बर्षका जीवन विक घाइते भएको प्रहरीले जनाएको छ। घाइतेमध्ये जनक थापाको उपचार भइरहेको छ भने जीवन विक सामान्य उपचारपछि घर फर्किएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
