





























काठमाडौं– काठमाडौं गुर्खाजलाई ५ विकेटले हराउँदै जनकपुर बोल्ट्स एक खेलअघि नै नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्लेअफमा पुगेको छ ।


काठमाडौंले दिएको १ सय २ रनको लक्ष्य जनकपुरले १५ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । जनकपुरका जेम्स नीशमले २७, हर्ष ठाकरले नटआउट २५ रन बनाए । काठमाण्डौका कप्तान करण केसीले २ विकेट लिए ।
यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौं १९ ओभर ३ बलमा १ सय १ रनमा अलआउट भयो । काठमाडौंका गेरहार्ड इरस्मसले २०, कप्तान करण केसीले १९ रन बनाए ।
जनकपुरका ललित राजवंशी र शेर मल्लले ३÷३ विकेट लिए । ललितले ४ ओभरमा २ मेडन राख्दै जम्मा ८ रन दिए ।
यो जीतसँगै जनकपुर ६ खेलमा १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जनकपुर प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ । काठमाडौं ५ खेलमा ४ अङ्कसहित पाँचौं स्थानमा छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
