नागढुंगा–नौबिसे सडक खण्ड आजदेखि ४ घण्टा बन्द

नागढुंगा–नौबिसे सडक खण्ड आजदेखि ४ घण्टा बन्द

|Photo: Bhuwan maharjan

काठमाडौं– त्रिभुवन राजपथको नागढुंगा नौबिसे सडकखण्ड दैनिक चार घण्टा बन्द हुने भएको छ ।

Advertisement

आजबाट वैशाख ३१ गतेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्मका लागि सवारीसाधनहरूलाई आंशिक रूपमा रोकेर निर्माणको काम गरिने नागढुंगा मुग्लिन सडक योजना कार्यालयले जनाएको छ । काठमाडौंबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनहरूलाई राति नागढुंगा चेकपोष्टमा रोकिनेछ ।

त्यस्तै, नौबिसेबाट काठमाडौंतर्फ आउने सवारीसाधनहरूलाई खत्रिपौवा पुलमा रोकिनेछ । साना तथा मझौला सवारीसाधनहरूका लागि भने वैकल्पिक रूट प्रयोग गर्न आग्रह गरिएको छ । सीतापाइला भिमढुंगा–रामकोट–धार्के सडक प्रयोग गर्न सकिने बताइएको छ ।

त्यस्तै वैकल्पिक बाटोको रूपमा सामाखुसी–टोखा–गुर्जेभञ्ज्याङ–छहरे–त्रिशुली–गल्छी सडक हुँदै जान सकिने छ । राति ११ बजेतिर सवारीसाधनलाई रोकेर बिहान ३ बजेपछि मात्रै छाडिनेछ । एम्बुलेन्स र सुरक्षा निकायका सवारीसाधन भने निर्वाध रूपमा संचालन हुने योजना कार्यालयले जनाएको छ ।

नागढुंगा मुग्लिन सडक योजना (पुर्वी खण्ड) कार्यालयले सूचना जारी गरेको छ । ओभरट्याक नगरि बन्दको समयमा नियम पालना गरि दिन कार्यालयले अनुरोध गरेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट