





























धादिङ– धादिङको नीलकण्ठ नगरपालिका–१४ रिङ गाउँमा आइचर दुर्घटना हुँदा चालकसहित ४ जना घाइते भएका छन्।
नीलकण्ठ नगरपालिका-२ ओलीडाँडाबाट देवीथान सामुदायिक जङ्गलमा सल्लाको काठ लिन जाँदै गरेको ONE TEST नम्बरको आइचर गाडी अनियन्त्रित भई करिब २०० मिटर तल भीरमा खस्दा चारजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
प्रहरी नायब उपरीक्षक दाहालका अनुसार नेत्रावती डवजोङ गाउँपालिका १ का २४ वर्षीय चालक सुमन अधिकारी र २५ वर्षीय इशान बिक, गङ्गाजमुना गाउँपालिका-३ का २१ वर्षीय अशोक तामाङ र मकवानपुर राक्सिराङ गाउँपालिका-७ का ३२ वर्षीय नवीन प्रजा घाइते भएका छन् । आइचरमा सवार नौ जनामध्ये पाँच जना भने सकुशल रहेका छन् ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई काठमाडौँस्थित ट्रमा सेन्टरमा रेफर गरिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



