





























धादिङ – पत्रकार केशव अधिकारीलाई मातृशोक परेको छ। अधिकारीका माता ७० वर्षीया देउती कुमारी अधिकारीको धादिङको गल्छी गाउँपालिका–६ बराहा डाँडास्थित निवासमा आइतबार निधन भएको हो।
वि.सं. २०१३ चैत १० गते जन्मिएकी देउती कुमारीको आइतबार दिउँसो करिब ३ः३० बजे हृदयघातका कारण निधन भएको परिवारले जनाएको छ। उनी लामो समयदेखि दम तथा अन्य श्वासप्रश्वाससम्बन्धी समस्याबाट ग्रसित थिइन् । आइतबार अचानक हृदयघात भएपछि उनको निधन भएको परिवारले जनाएको छ ।
स्वर्गीय देउती कुमारीको चार छोरा र एक छोरी छन् । उनीको पार्थिव शरीरको अन्त्येष्टि पारिवारिक परम्पराअनुसार आजै गरिँदैछ।
उनको निधनप्रति नेपाल पत्रकार महासंघ, अनलाइन मिडिया सोसाइटी धादिङ, प्रेस चौतारी नेपाल लगायत विभिन्न संघ–संस्थाहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्, साथै शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका छन्।
पत्रकार केशव अधिकारी नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषद सदस्य, अनलाइन मिडिया सोसाइटी धादिङका अध्यक्ष, धादिङ न्यूज डटकमका प्रधान सम्पादक, प्रेस चौतारी नेपालका केन्द्रीय समितिका पूर्व सदस्य तथा प्रेस चौतारी धादिङका पूर्व अध्यक्ष समेत हुन् । अधिकारी पत्रकारिता क्षेत्रमा लामो समयदेखि सक्रिय रहँदै आएका छन् ।

