क्यानडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • १७६ पटक पढिएको
क्यानडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

काठमाडौं– दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २÷२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकास चन्दले एक÷एक विकेट लिए । आकास चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् ।

तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि रहेको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट