एकदिवसीय क्रिकेट: १९ बलमै ५० रन बनाएर अनिलले बनाए कीर्तिमान

  • २०८० माघ २७, शनिबार (५ महिना अघि)
  • १४४ पटक पढिएको
एकदिवसीय क्रिकेट: १९ बलमै ५० रन बनाएर अनिलले बनाए कीर्तिमान

काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीका अनिल शाहले एकदिवसीय क्रिकेटमा नेपालका लागि सबैभन्दा छिटो अर्धशतक बनाएका छन् ।

Advertisement

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा क्यानडासँगको दोस्रो एकदिवसीयमा अनिलले १९ बलमै ५० रन बनाए । उनले ७ चौका र ३ छक्का प्रहार गरे ।

बिसौँ बल खेल्दा भने आउट भए । यसअघि आसिफ शेखले गएको वर्ष पपुवा न्युगिनीसँगको खेलमा २१ बलमा अर्धशतक बनाउँदै रेकर्ड बनाएका थिए । त्यो रेकर्ड आज अनिलले तोडेका हुन् ।

एकदिवसीय अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो अर्धशतकको रेकर्ड दक्षिण अफ्रिकाका एबी डि भिलियर्सको नाममा रहेको छ । उनले १६ बलमै अर्धशतक प्रहार गरेका थिए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट