टी–२० क्रिकेट शृङ्खला: उपाधिका लागि नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

  • २०८० फागुन २०, आईतबार (२ साल अघि)
  • ५०९ पटक पढिएको
टी–२० क्रिकेट शृङ्खला: उपाधिका लागि नेपालले नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं– नामिबियासँग अङ्क बाँड्दै नेदरल्यान्ड्स त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलाको फाइनलमा पुगेको छ । आज कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा भएको समूह चरणको अन्तिम खेल वर्षाका कारण पूरा हुन नसकेपछि दुवै टोलीले १–१ अङ्क बाँडेका छन् ।

Advertisement

टस हारेर ब्याटिङ गरेको नामिबियाले १५ ओभरमा ४ विकेट गुमाएर ९८ रन बनाउँदा पानी पर्न सुरु भएको थियो । त्यसपछि थप खेल हुन नसकेपछि दुवै टोलीले अङ्क बाँडे ।

नेदरल्यान्ड्स ४ खेलमा ५ अङ्कसहित फाइनलमा पुग्यो । अब नेदरल्यान्ड्सले फाइनलमा पर्सि नेपालसँग खेल्नेछ । नेपाल ४ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । नामिबियाले ४ खेलमा ३ अङ्क जोड्यो ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट