





























काठमाडौं– प्रहरीले मानव तस्करीमा संलग्न रहेको अभियोगमा कैलालीको गौरीगङ्गा घर भई अहिले ललितपुर बस्ने तेजराम चौधरीलाई पक्राउ गरेको छ ।



चौधरीले ब्राजिल हुँदै अमेरिका पठाइदिन्छु भनेर चार जनाबाट एक करोड १८ लाख ५९ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीका आधारमा पक्राउ गरेको केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले जानकारी दिए ।
चौधरीले पीडितलाई ब्राजिल लैजान फिलिपिन्स पु¥याएकामा त्यहाँको अध्यागमनले फर्काएपछि पुनः दिल्ली पु¥याई होटलमा बन्धक बनाएको र पीडितले ३९ लाख रुपैयाँ बुझाएपछि मुक्त गरेका प्रारम्भिक अनुसन्धानबाट खुलेको ढकालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप

