मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

  • २०८१ जेष्ठ २५, शुक्रबार (१ साल अघि)
  • २६३ पटक पढिएको
मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एकजनाको मृत्यु

काठमाडौं– मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको छ ।

Advertisement

शुक्रबार बिहान सवा ९ बजे मनहरी गाउँपालिका– ९ रजैयास्थित पूर्वपश्चिम सडकखण्डमा ग्यास बुलेटले ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जना महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

दुर्घटनामा मोटरसाइकल चालक पोखरा उपमहानगरपालिका–११ फुलबारी बस्ने ३१ वर्षीय सुवास गुरूङ र मोटरसाइकल पछाडि सवार ३३ वर्षीया निर्मला अधिकारी घाइते भएका थिए ।

उनीहरू दुबै जनालाई उपचारको लागि हेटौंडास्थित सिएमसी चुरेहिल अस्पताल लगिएको थियो । त्यहाँ उपचारको क्रममा अधिकारीको पौने ११ बजे मृत्यु भएको डिएसपी भण्डारीले बताए ।

दुर्घटनामा परेको ग ७ प २३०४ न.को मोटरसाइकल हटौंडाबाट चितवनतर्फ जाँदै गरेको थियो । विपरीत दिशाबाट एएस–२५ डिसी ०२१२ नम्बको ग्यास बुलेट गाडी आइरहेको थियो ।

ग्यास बुलेटका चालक भारत विहार पटियार थाना सदियान बस्ने ३७ वर्षीय मनिन्द्रकुमार दास पक्राउ परेका छन् ।

 

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट