तनहुँमा पहिरोमा पुरिएका थप दुई जनाको शव फेला

  • २०८१ अषाढ २३, आईतबार (१ साल अघि)
  • ५४९ पटक पढिएको
तनहुँमा पहिरोमा पुरिएका थप दुई जनाको शव फेला

काठमाडौं– तनहुँको शुक्लागण्डकी नगरपालिका–७ काउरेमा पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ । हिजो दिउँसो पहिरोले हिरा नेपालीको घर पुर्दा उनीसहित तीन जना पहिरोमा पुरिएका थिए ।

Advertisement

हिराको शव हिजो बेलुका नै फेला परेको थियो । आज अनिषा बाँस्तोला र श्याम भण्डारीको शव फेला परेको प्रहरीले जनाएको छ । हिरा नेपाली र सुनमाया कुमालको घरभित्र रहेको सामान निकाल्ने क्रममा छिमेकी बास्तोला र भण्डारी पनि पहिरोमा पुरिएका थिए ।

पहिरोमा परी विष्णुबहादुर नेपाली, विशाल तिमिल्सिना, रवि घिमिरे, रुपकुमारी नेपाली र विमल नेपाली घाइते भएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट