





























काठमाडौं– देशभर मनसुनी वायुको प्रभाव रहेकोले आज पनि विभिन्न ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


अहिले काठमाडौं उपत्यकालगायत देशका धेरै ठाउँको मौसम साधारणतया बदली छ । तर हिजो र अस्ति जस्तो लगातार ठूलो वर्षाको सम्भावना भने नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ रहेकाले कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा आज दिउँसो हल्का पानी पर्नेछ भने रातको समयमा एक–दुई ठाउँमा ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ ।
यसैबीच आउँदो तीन दिन कोशी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीहरूका साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह सतर्कता तहभन्दा तलै रहने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
।
यस्तो अवस्था अझै तीन–चार दिनसम्म कायमै रहने मौसमविद्ले बताएका छन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
