सेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

  • २०८१ श्रावण २४, बिहिबार (१ साल अघि)
  • ३९७ पटक पढिएको
सेयर बजार सामान्य बढ्यो, २० अर्ब रुपैयाँभन्दा धेरैको कारोबार

काठमाडौं– आज सेयर बजार समान्य बढेको छ ।

Advertisement

सेयर बजार परिसूचक नेप्से ६ दशमलव ७० अङ्कले बढेर दुई हजार सात सय ६६ दशमलव ३८ विन्दुमा पुगेको छ । दिनभर उतारचढाव भएको नेप्से बिहान ११ बजेर २४ मिनेटमा दुई हजार आठ सय ११ विन्दुमा पुगेको थियो ।

आज जलविद्युत्, लगानी, उत्पादन, म्युचल फन्ड, निर्जीवन बीमा र व्यापार बाहेक सबै समूहको सेयर घटेकोमा होटल समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।

आज कर्णाली विकास बैंक, शिवम् सिमेन्ट्स, घोराही सिमेन्ट इन्डस्ट्री, मिड सोलु हाइड्रोपावर, सोनापुर मिनरल्स एन्ड आयल र सर्वोत्तम सिमेन्टको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनीको सेयर भने आठ प्रतिशतले घटेको छ ।

आज तीन सय २२ वटा कम्पनीका पाँच करोड नौ लाख कित्ता सेयर २० अर्ब सात करोड रुपैयाँमा कारोबार भएको छ । आज शिवम् सिमेन्ट्स र हिमालयन रिइन्सुरेन्स कम्पनीको एक अर्ब रुपैयाँभन्दा धेरैको सेयर किनबेच भएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट