कर्णालीका चार जिल्लामा दुई दिनदेखि विद्युत अवरुद्ध

  • २०८१ भाद्र २४, सोमबार (१ साल अघि)
  • २७४ पटक पढिएको
कर्णालीका चार जिल्लामा दुई दिनदेखि विद्युत अवरुद्ध

काठमाडौं– कर्णालीका चार जिल्लामा विद्युत अवरुद्ध भएको छ । दैलेख –सुर्खेत विद्युत प्रसारण लाइनमा समस्या आएपछि हिजोदेखि सुर्खेत, कालीकोट,जुम्ला र मुगुको विद्युत सेवा अवरुद्ध भएको हो ।

Advertisement

अहिलेसम्म प्रसारण लाइनमा कहाँ र के समस्या आएको पत्ता लगाउन नसकेकाले मर्मतमा समस्या भइरहेको नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालय प्रमुख शम्भु कुसेत यादवले जानकारी दिए । प्राविधिक टोलीले विद्युत प्रसारण लाइनमा जाँच गरिरहेको उनले बताए ।

विद्युत् सेवा ठप्प भएपछि इन्टरनेट, टेलिफोन लगायतका सञ्चार माध्यम र विभिन्न सरकारी तथा निजी कार्यालयको काम नियमित हुनसकेको छैन ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट