पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

  • २०८१ आश्विन १२, शनिबार (१ साल अघि)
  • ४७५ पटक पढिएको
पृथ्वी राजमार्गको बेल्खुमा कार र मोटरसाइकल पहिरोले पुरियो

काठमाडौं- पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिक–५ बेल्खुमा पहिरोले कार र मोटरसाइकल पुरिएको छ ।

Advertisement

काठमाडौ तर्फ आउदै गरेको बागमती प्रदेश ०१–०३० च ५५८८ कार र गजुरीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२९ प ७६३६ मोटरसाइकल पहिरोमा परेको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालका अनुसार डोजरको सहायताले पहिरो पन्छाउने काम भइ रहेको छ । मानवीय क्षति नभएपनि सडक माथीबाट खसेको पहिरोले सवारी आवागमन भने ठप्प रहेको उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट