





























काठमाडौं– सेयर बजार आज पनि बढेको छ । हिजो साढे ६२ अङ्कले बढेर सेयर बजार परिसूचक नेप्से आज २२ दशमलव १४ अङ्कले बढेर दुई हजार सात सय ६० दशमलव २१ विन्दुमा पुगेको छ ।


आज विकास बैंक, फाइनान्स, होटल, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको सेयर बढेकोमा जीवन बीमा, माइक्रोफाइनान्स समूहको सेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज सपोर्ट माइक्रोफाइनान्स, सामुदायिक लघुवित्त, गुराँस लघुवित्त, मानुषी लघुवित्त, शृजनशील लघुवित्त र माछापुच्छ्रे बैंकको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन इस्टर्न हाइड्रोपावर कम्पनीको सेयरमा भने नकारात्मक सर्किट लागेको छ ।
आज कारोबार रकम झन्डै दुई महिनायताकै उच्च भएको छ । गएको भदौ ३० गते १० अर्ब ३३ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । आज तीन सय दुई वटा कम्पनीका दुई करोड ४५ लाख कित्ता सेयर ११ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
