अखाद्य वस्तु विक्रि गर्ने होटललाई २५ हजार जरिवाना

अखाद्य वस्तु विक्रि गर्ने होटललाई २५ हजार जरिवाना

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिकामा रहेको भैरवीनाथ भोजनालयलाई २५ हजार जरिवाना गरिएको छ । अखाद्य वस्तु विक्रि गरिएको भेटिएपछि जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी मोहन न्यौपानेले बताए ।

Advertisement

अनुगमनका क्रममा म्याद गुज्रेको खानेकुराहरु विक्रि गरेको भेटिएपछि कार्वाहि गरिएको उनले बताए । ‘हामी नियमित अनुगमनमा छौं । यस अघि पनि थुप्रै होटल तथा पसलहरुलाई कार्वाहि तथा निर्देशन दिएका छौं । निर्देशन पालना नगर्नेलाइ कार्वाहि पनि गर्दै आएका छौं । यो अनुगमन नियमित चल्नेछ’ उनले भने ।

प्रादेशिक व्यापार तथा व्यवसाय ऐन२०७६ दफा ६१ (१) बमोजिम कार्वाहि गरिएको उद्योग तथा वाणिज्य कार्यालय धादिङका प्रमुख चुणामणी पुरीले बताए । उनले भने– ‘होटलमा खानेकुराहरु खान सक्ने अवस्थामा थिएन । फ्रिजमा राखेको मासु लगायतका खानेकुरा गन्हाइ रहेको थियो । सरसफाई इत्ति पनि थिएन । खानेकुराहरुको लेवलिङ थिएन । त्यसैले, अखाद्य वस्तुहरु नष्ट गरि २५ हजार जरिवाना गरिएको हो ।’

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट