धादिङ– रोटरी क्लव अफ धादिङले धादिङ उद्योग वाणिज्य संघ र प्याब्सन धादिङको अधिवेशनमा निर्वाचित रोटरियनहरुलाई सम्मान गरेको छ ।
गत पुस २६ र २७ गते धादिङबेसीमा सम्पन्न धादिङ उद्योग वाणिज्य संघको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा निर्वाचित रोहित भण्डारी सहित तिलक सिंम्खडा, रामचन्द्र गिरी, सुदिप रसाईली, नविन कुमार श्रेष्ठ र प्याब्सन धादिङको अधिवेशनबाट सचिवमा निर्वाचित भीमबहादुर श्रेष्ठलाई सम्मान गरेको हो ।
सम्मानित हुनेहरुमा रोहित भण्डारी, नविन कुमार श्रेष्ठ भीमबहादुर श्रेष्ठ रोटरी क्लव अफ धादिङका पूर्व अध्यक्ष हुन भने सुदिप रसाईली हालका अध्यक्ष हुन् ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप