धादिङको दुर्गम गाउँका महिलाहरुलाई उद्घोषण तालिम

  • २०८२ जेष्ठ ५, सोमबार (८ घण्टा अघि)
  • १७० पटक पढिएको
धादिङको दुर्गम गाउँका महिलाहरुलाई उद्घोषण तालिम

काठमाडौं– धादिङको गङ्गाजमुना गाउँपालिका–३ गुम्दीमा ग्रामिण क्षेत्रका महिला दिदिबहिनीहरुलाई उद्घोेषण तालिमको शुभारम्भ गरिएको छ । गङ्गाजमुना गाउँपालिकाले महिला दिदिबहिनीहरुको नेतृत्व तथा क्षमता विकास गर्ने उद्देश्यले एक साताको उद्घोषण तालिमको आयोजना गरेको हो ।

Advertisement

तालिम उद्घाटन समारोेहकोे सम्बोधन गर्दै गङ्गाजमुना गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिंखडाले नेतृत्व तहमा महिला दिदिबहिनीहरुलाई पुर्याउन तालिमको आयोजना गरिएको बताए । ‘महिलाको सक्रिय सहभागिता भएमात्रै वडा तथा पालिकाको विकास संभव रहन्छ । तर दिदिबहिनीहरु आफ्ना कुरा राख्न सक्ने अवस्थामा हुनुहुन्न’ उनले भने– ‘वडा तथा पालिकाबाट विभिन्न खालका सेवाहरु प्रवाह भइ रहेका छन् । विकास निर्माण लगायतका काम भइ रहेका छन् । विभिन्न सहकारी तथा समूहमा उहाँहरु आवद्ध पनि छन् । तर ति कुराहरु खोजी गर्ने, प्रश्न गर्ने, कार्यक्रम सञ्चालन गर्ने, वडा तथा पालिकाको हरेक काम र गतिविधिको खोजी र चासो गर्ने यो तालिमले बनाउने छ ।’

अबको नेतृत्वमा महिलाको सहभागिता बढाउन यस तालिमले ठूलो सहयोग पुग्ने वडा नम्बर ३ का वडा अध्यक्ष राजकुमार गुरुङले बताए । ‘वडा तथा पालिका लगायत सेवा प्रदायक संंस्थाबाट प्रवाह भएको सेवा तथा सुविधाका विषयमा प्रश्न राख्ने र महिला दिदिबहिनीहरुले कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउन उद्घोषण तालिमको आयोजना गरिएको हो । वडा नम्बर ३ र ४ का ३० जना महिला दिदिबहिनीहरु तालिममा सहभागी रहेका छन् । तालिम पश्चात उहाँहरुकोे क्षमता विकासपछि गाउँको विकासमा चासो दिने र जुनकुनै ठाउँमा आफ्ना कुरा राख्न सक्ने छन्’ उनले भने ।

महिलाको सक्रिय सहभागिताबिना विकास संभव नरहेको वडा नम्बर ४ का वडा अध्यक्ष प्रेम बहादुर घलेले बताए । यो तालिमले महिला दिदिबहिनीले आफ्ना कुरा र महिलाका सवालका विषयमा बोल्न सक्ने हुने छन् । महिला दिदिबहिनहरु अबको नेतृत्व लिन सक्ने गरी अघि बढ्न आवश्यक छ । उनले भने– ‘महिलाप्रति हेर्ने दृष्टिकोणलाई अब परिवर्तन गर्न जरुरी छ, समाज निर्माणमा महिला सहभागिता अनिवार्य भई नेतृत्व पनि लिन आवश्यक छ ।’

एक सातासम्म चल्ने उद्घोषण तालिममा पत्रकारहरु अर्जुन श्रेष्ठ र सन्तोष श्रेष्ठले सहजीकरण गरिरहेका छन् । एक सातासम्म चल्ने तालिममा उद्घोषण, भाषण कला, माइन्यूट लेखन लगायतका विषयमा सहजीकरण गर्ने आयोजकले जनाएको छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    खोजी गर्नुहोस

    ताजा अपडेट