काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते 

  • २०८२ जेष्ठ २१, बुधबार (२ दिन अघि)
  • १२२ पटक पढिएको
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु, तीन जना घाइते 

काठमाडौं– काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

पनौतीबाट बेथानचोक गाउँपालिका–६ भुग्देउ जाँदै गरेको बा ३ ख ४४३५ नम्बरको बस दुर्घटना हुँदा ६० वर्षीया कृष्णकुमारी तिमल्सिनाको घटनास्थलमै  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ ।

कृष्णकुमारीसँगै गएकी एक वर्षीय नातिनी संगम तिमल्सिनाको टाउकोमा चोट लागेको छ । कृष्णकुमारीकी बुहारी संगीता आचार्य तिमल्सिना पनि सोही बसमा सवार थिइन् । उनको गोडामा चोट लागेको छ । घाइतेमध्ये बसका चालकको खुट्टामा चोट लागेको छ । घाइतेको स्थानीय पाँगु भुग्देउ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट