गजुरी गाउँपालिकाका महिला कृषकहरुलाई आधुनिक मौरीको घार

  • २०८२ अषाढ १८, बुधबार (६ दिन अघि)
  • १९५ पटक पढिएको
गजुरी गाउँपालिकाका महिला कृषकहरुलाई आधुनिक मौरीको घार

काठमाडौें-  धादिङको गजुरी गाउँपालिकामा ९० जना महिला कृषकहरुलाई आधुनिक मौरीको घार वितरण गरिएको छ । महिलालाई आय आर्जनसँग जोड्न आधुनिक घार वितरण गरिएको हो ।

Advertisement

गाउँपालिकाले वडा नम्बर ३, ६ र ७ का गृहिणी महिलाहरूलाई लक्षित गरि ९० जना महिला कृषकलाई आधुनिक घार वितरण गरेको छ । बागमती प्रदेश सरकारको ७० प्रतिशत र पालिकाको ३० प्रतिशत अनुदानमा आधुनिक मौरीको घार वितरण गरिएको गजुरी गाउँपालिकाका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए ।

व्यावसायिक मौरीपालक महिला किसानलाई प्रोत्साहन दिने उद्देश्यले घार वितरण गरिएको उनले बताए । १६ दिने मौरीपालन सम्बन्धि तालिम प्राप्त महिला किसानलाई आधुनिक मौरीको घार वितरण गरिएको हो ।

बागमती प्रदेश सरकार अन्तर्गत सामाजिक विकास मन्त्रालय, हेटौंडा मकवानपुरको आयोजनामा तथा गजुरी गाउँपालिकाको समन्वयमा मौरीको घार वितरण गरिएको हो । मौरीपालनमार्फत महिलाहरूलाई आर्थिक सशक्तिकरण र स्वरोजगारतर्फ उन्मुख हुने र यसलाई निरन्तरता दिने गजुरी गाउँपालिकाका उपाध्यक्ष शर्मिला विशुरालले बताइन् ।

कार्यक्रममा गजुरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष तारानाथ भण्डारी, वडा नम्बर ३ का वडा अध्यक्ष ऋषिलाल श्रेष्ठ, वडा नम्बर ६ का वड़ा अध्यक्ष भक्तबहादुर (कर्ण) तामाङ र वडा नम्बर ७ का वड़ा अध्यक्ष बद्रीप्रसाद जम्कटेलले घारको सदुपयोग गरि मौरीपालनबाट आम्दानीको बाटो खुलेको बताएका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट