काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने

  • २०८२ अषाढ २७, शुक्रबार (१ दिन अघि)
  • ७३ पटक पढिएको
काठमाडौं महानगरपालिकाको बजेट असार २९ गते आउने

काठमाडौं- काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेट असार २९ गते आउने भएको छ ।

Advertisement

काठमाडौं महानगरपालिकाका महानगर प्रमुख बालेन शाहले असार २९ गते आइतबार विहान ९ बजे कार्यपालिका बैठक बस्ने र दिउँसो दुई बजे नगरसभा बस्ने जानकारी दिएका छन् । शुक्रबार बसेको ४०औं नगर कार्यपालिका बैठकमा मेयर शाहले सो प्रस्ताव गरेका हुन् ।

शुक्रबार बसेको बैठकमा काठमाडौं महागरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ मा २५ अर्ब ११ करोड रुपैयाँ बराबरको सीमा निर्धारण गरेको छ । राजश्व परामर्श समितिको बैठकले सो सीमा निर्धारण गरेको हो । आइतबार सोही बराबरको बजेट सार्वजनिक हुनेछ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट