काठमाडौं– धादिङको नीलकण्ठ नगरपालिका-४ का सुलभ श्रेष्ठलाई अज्ञात समुहले धारिलो हतियार प्रहार गर्दा घाइते भएका छ्न् ।
घरको गेटैमा सोमबार साँझ अज्ञात समुहले धारिलो हतियार प्रहार गरि घाइते बनाएका श्रेष्ठको धादिङ अस्पतालमा उपचार भइ रहेको छ । श्रेष्ठको थाइमा धारिलो हतियार प्रहार गरिएको गहिरो चोट लागेको छ । अनुहारमा पनि चोट लागेको धादिङ अस्पतालले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार सुलभ कक्षा १० मा अध्ययनरत छात्रा हुन् । उनको साथीभाइविचको झगडा रहेको अनुमान गरिएको छ । घटना बारे थप अनुसन्धान भई रहेको प्रहरी नायव उपरीक्षक हमालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप