धादिङको रुवीभ्यालीमा भीरबाट साइकल यात्री खस्दा गम्भीर घाइते 

धादिङको रुवीभ्यालीमा भीरबाट साइकल यात्री खस्दा गम्भीर घाइते 

काठमाडौं– धादिङको रूवीभ्याली गाउँपालिका–३ गुफाभिरमा साइकल यात्री भीरबाट लड्दा गम्भीर घाइते भएका छन् । आइतबार दिउँसो सोमदाङबाट सेर्तुङ हुँदै बोराङतर्फ जाँदै गरेको साइकल यात्री अनियन्त्रित भई करिब २ सय मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरिक्क्षक प्रकाश दाहालले जानकारी दिए।

प्रहरी नायब उपरीक्षक दाहालका अनुसार दुर्घटनामा परी साइकल यात्री काठमाडौँका ५२ वर्षीय प्रशान्त पाण्डे गम्भीर घाइते भएका छन् । प्रहरी चौकी सेर्तुङबाट खटिएको प्रहरी टोली, नेपाली सेना र स्थानीयबासीको सहयोगमा जोखिमपूर्ण भीरबाट घाइतेको उद्धार गरिएको थियो । उनलाई आधारभूत स्वास्थ्य चौकी सेर्तुङमा प्राथमिक उपचारपछि थप उपचारका लागि Altitude Air को हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको छ । हाल पाण्डेको हेम्स अस्पतालमा उपचार भइरहेको छ ।

 

Advertisement

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट