





























धादिङ– धादिङको त्रिपुरासुन्दरी गाउँपालिकास्थित नृसिंहधाम दर्शन गरेर फर्किदै गरेको गाडी टारीबेसी नजिकै दुर्घटना भएको छ ।
बागमती प्रदेश बिएएफ ०२२३ मारुती इको भ्यान नीलकण्ठ नगरपालिका-१० मा अनियन्त्रित भई दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक श्याम कुमार बस्नेतले जानकारी दिए।
प्रहरी निरीक्षक बस्नेतका अनुसार भ्यान सडकबाट करिब एक सय ५० मिटर तल खसेको हो । दुर्घटनामा परी चालकसहित सात जना घाइते भएका छन् । घाइतेहरुको उद्दार गरि सदरमुकाम धादिङबेसी ल्याइएको छ । गाडी भक्तपुरबाट नृसिंहधाम दर्शनको लागि आएका थिए ।



