आयआर्जनसँग जोड्न महिलाहरूलाई च्याउ खेती तालिम 

आयआर्जनसँग जोड्न महिलाहरूलाई च्याउ खेती तालिम 

काठमाडौं– धादिङका महिलाहरूलाई आयआर्जनसँग जोड्न दुई दिने च्याउ खेती तालिम दिइएको छ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सदस्यहरुलाई च्याउ खेती सम्बन्धी दुई दिनको तालिम दिइएको हो ।

गाउँ फर्केपछि च्याउ खेती गर्ने तालिममा सहभागी नीलकण्ठ नगरपालिका-१० कि गीता श्रेष्ठले बताइन्। ‘च्याउ खेतीबारे सामान्य तर आवश्यक जानकारी पायौँ। खेती गर्दै जाँदा अनुभव अवश्य बटुल्नेछौँ। व्यावसायिक रूपमा खेती गर्ने उत्साह मिलेको छ। जिल्लाका धेरै दिदीबहिनीहरू जमघट भएर सिप सिकेका छौं । यसलाई व्यवहारमा लागू गर्छौं’ उनले भनिन्- ‘सिकेको सिप प्रयोग गरी च्याउ खेती गरेर प्रत्यक्ष रुपमा आम्दानीसँग जोडिनेछौं।’

त्यस्तै, तालिममा च्याउ खेतीका लागि आवश्यक बिउ बिजन, खेती गर्ने तरिका, च्याउमा लाग्ने रोग किरा र यसको निवारणका उपायहरू तथा बजारीकरणको बारेमा जानकारी गराइएको प्रशिक्षक बिष्णु प्रसाद पोखरेलले बताए । सिप सिकेर च्याउ खेती गर्ने किसानहरूलाई बजारीकरणमा समेत सहयोग गर्ने उनको भनाइ छ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष जनार्दन देव पन्तले महिलाहरूलाई आयआर्जन गरी आत्मानिर्भर बनाउने उद्देश्यसहित महिलाहरूलाई तालिम दिइएको बताए । ‘व्यवसायिक खेती गर्नुस्। आर्थिक तथा सामाजिक रूपले अब्बल बन्नुपर्छ । खेती गर्ने सिप सिक्नुभयो, अब खेती गर्ने तयारी गर्नुस् । लगानी आवश्यक परे निर्धनले उपलब्ध गराउँछ’ उनले भने- ‘जुन प्रयोजनका लागि ऋण लिनुहुन्छ सोही काम गर्नुहोस्। उत्पादनमूलक क्षेत्रमा लगानी गरी आत्मनिर्भर बन्नुहोस् तपाईँले उत्पादन गरेको कृषिजन्य उत्पादनको बजारीकरण हामी र स्थानीय सरकार मिलेर गर्नेछौं।’

त्यसैगरी, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले तालिम समापनको अवसर पारेर  सुजन थापा र रोशनी घलेलाई डाक्टर हरिहरदेव पन्त स्मृति छात्रवृत्ति प्रदान गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

खोजी गर्नुहोस

ताजा अपडेट