जिल्ला प्रशासनको गेटमा धादिङका पत्रकारको धर्ना 

  • २०८३ जेष्ठ २९, शुक्रबार (१ मिनेट अघि)
  • ११ पटक पढिएको
जिल्ला प्रशासनको गेटमा धादिङका पत्रकारको धर्ना 

धादिङ– प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विरोधी सरकारको नीतिप्रति असहमति जनाउँदै धादिङका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय धादिङमा धर्ना दिएका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको नेतृत्वमा आन्दोलनमा रहेका पत्रकारहरुले शुक्रबार प्रशासनको मुल गेटमा धर्ना दिएका हुन् ।

जिल्लामा कृयाशिल पत्रकारहरुले प्रशासनको मुल गेटमा एक घण्टा धर्ना दिएका हुन् । धर्नामा पत्रकारहरुले आफ्नो क्यामेरा, डायरी, पेन लगायत सामग्री भुईमा राखेर व्यानरसहित विरोध गरेका थिए ।

पत्रकार महासंघ आन्दोलनकै क्रममा रहेकाले प्रेस स्वन्त्रता विरोधी नीति सरकारले फिर्ता नलिए आन्दोलन थप लम्बिने नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष सिताराम अधिकारीले बताए । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सम्बन्धी हकको रक्षा गर्नुपर्ने,  सूचना र विज्ञापन सम्बन्धी विभेदकारी र स्वेच्छाकारी निर्णय खारेज गर्नुपर्ने माग रहेको छ ।

गत बुधबार पनि जिल्ला प्रशासन कार्यालय धादिङको मूल गेटैमा पत्रकारहरूले धर्ना दिएका थिए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट