मोरक्कोले ब्राजिललाई बराबरीमा रोक्यो 

  • २०८३ जेष्ठ ३१, आईतबार (६ घण्टा अघि)
  • १३ पटक पढिएको
मोरक्कोले ब्राजिललाई बराबरीमा रोक्यो 

काठमाडौं– पाँच पटकको विश्वविजेता ब्राजिलले फिफा विश्वकप २०२६ को पहिलो खेलमा मोरक्कोसँग १-१ को बराबरी खेल्दै अंक बाँडेको छ ।

अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा दुवै टिमले पहिलो हाफमै गोल गरेका थिए ।  इस्माइल साइबारीले २१औं मिनेटमा गोल गर्दै मोरक्कोलाई सुरुवाती अग्रता दिलाएका थिए । तर त्यो अग्रता लामो समय टिकेन । ब्राजिलले ३२औं मिनेटमा बराबरी गोल फर्कायो । भिनिसियस जुनियरले ब्रुनो गुमाइरेसबाट प्राप्त पासमा मोरक्कोका डिफेण्डरहरुलाई बिट गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए ।

खेलको अन्तिम मिनेटसम्म पनि दुवै टिमले प्रयास गर्दा पनि गोल भने गर्न सकेनन् । ब्राजिलका स्टार खेलाडी नेयमार भने बेन्चमा थिए। उनी चोटका कारण मैदानमा उत्रिएका थिएनन् ।  फिफा वरियतामा ब्राजिल छैटौं र मोरक्को सातौं स्थानमा रहेका छन्।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट