काठमाडौं– अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले फिफा विश्वकप २०२६ को पहिलो खेलमा ह्याट्रिक पूरा गरेका छन् । मेस्सीको ह्याट्रिकसङ्गै अर्जेन्टिनाले अल्जेरियाविरुद्ध फराकिलो जीत निकालेको हो ।
अमेरिकाको कान्सास सिटी रंगशालामा भएको खेलमा अल्जेरियाविरुद्ध मेस्सीले ह्याट्रिक पुरा गरेका हुन् । उनले खेलकाे १७औं, ६०औं र ७६औं मिनेटमा गोल गरे । छैटाैँ पटक विश्वकप खेलेका मेस्सीले पहिलाेपटक ह्याट्रिक पूरा गरेका हुन् ।
लियोनल मेसीले फिफा विश्वकपमा आफ्नो पहिलो ह्याट्रिक गरेपछि अर्जेन्टिनाले विश्वकप २०२६ को पहिलो खेलमा अल्जेरियालाई ३-० ले पराजित गर्दै शानदार सुरुवात गरेको हो ।
यससँगै मेसीले विश्वकपमा गरेको गोल संख्या १६ पुगेको छ र उनले जर्मनीका मिरास्लोभ क्लोजको नाममा रहेको सर्वाधिक गोलको कीर्तिमान बराबरी गरेका छन् । मेसीले यसै खेलमा अर्जेन्टिनाका लागि दुई सयौं क्याप जिते । यस्तै उनी छैटौं विश्वकप खेल्ने पहिलो खेलाडी पनि बने ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
