काठमाडौं– नेत्रावती डबजोङ गाउँपालिकाले ४० करोड ५० लाख ६७ हजार अनुमानित बजेट सार्वजनिक गरेको छ । नेत्रावती डवजोङ गाउँपालिका १९औं गाउँसभामा गाउँपालिकाका उप–प्रमुख सिता गुरुङले पुँजीगत खर्चतर्फ ९ करोड २९ लाख, चालु खर्च ७ करोड ५० लाख रुपैयाँ गाउँसभामा पेश गरेकी हुन् ।


शिक्षा ३ करोड १०, स्वास्थ्यमा १ करोड ५० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिक ८८ लाख ९५ हजार, आर्थिक विकासतर्फ ५६ लाख ४७ हजार रुपैयाँ विनियोजन गरिएको छ । गाउँपालिकाले विशेषगरी शिक्षा, स्वास्थ्य, स्थानीय उत्पादनलाई जोड दिएर निति कार्यक्रम तथा बजेट ल्याएको उनले बताइन् ।
शैक्षिक सुधार, स्वास्थ्य उपकरण खरिद तथा व्यवस्थापन, स्थानीय उत्पादनलाई बजारीकरण तथा ब्राण्डिङ गर्न जोड दिएको नेत्रावती डवजोङ गाउँपालिकाका अध्यक्ष मेघनाथ रिजालले बताए । मदिरा तथा गुन्दु्रकलाई ब्राण्डिक गर्ने, होमस्टे संचालन गर्ने जस्ता कार्यक्रम रहेका छन् । एक घर एक धारा, एक पक्की टर्नेल जस्ता कार्यक्रम गाउँपालिकाको निति तथा कार्यक्रम र बजेटको प्राथमिकतामा रहेका छन् ।
गाउँसभाकै अवसर पारेर सबै भन्दा बढी राजस्व संकलन गर्ने वडा नम्बर १ का वडा अध्यक्ष एवम् गाउँपालिका प्रवक्ता ठाकुर गुरुङ र वडा सचिव राकेश भुललाई सम्मान गरिएको छ ।


