गङ्गाजमुना गाउँपालिकाले ल्यायो ६० करोड ५३ लाखको बजेट

  • २०८३ अषाढ ७, आईतबार (३ मिनेट अघि)
  • १३ पटक पढिएको
गङ्गाजमुना गाउँपालिकाले ल्यायो ६० करोड ५३ लाखको बजेट

धादिङ– गङ्गाजमुना गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६० करोड ५३ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । गङ्गाजमुना गाउँपालिका गाउँसभाको १९औं अधिवेशनबाट आगामी आर्थिक वर्षको नीति कार्यक्रम र बजेट पारित गरेको हो ।

गाउँपालिकाका उपाध्यक्ष रामेश्वर सिमखडाले आगामी आर्थिक वर्षको बजेट गाउँसभामा पेश गरेका हुन् । गाउँपालिकाको आन्तरिक आयबाट ९९ लाख, सञ्चित कोषमा ३ करोड ५० लाख रुपैयाँ अनुमान गरिएको छ । संघीय सरकारबाट राजस्व बाँडफाँड बापत ९ करोड १३ लाख २८ हजार, संघीय वित्तीय समानीकरण बापत ११ करोड ९६ लाख, संघीय सशर्त अनुदान बापत २३ करोड २३ लाख र संघीय समपूर्क अनुदान बापत १ करोड ९५ लाख र संघीय विशेष अनुदान बापत १ करोड प्राप्त भएको छ।

प्रदेश सरकारबाट राजस्व बाँडफाँडबापत ३ करोड २० लाख ९७ हजार ६ सय ७० रुपैयाँ, प्रदेश वित्तीय समानीकरण बापत १ करोड ११ लाख २ हजार, प्रदेश सशर्त अनुदानबापत १ करोड ३४ लाख ९९ हजार, प्रदेश समपुरक अनुदानबापत २ करोड ४० लाख,प्रदेश विशेष अनुदानबापत ७० लाख बजेट प्राप्त भएको छ।

समग्रमा संघीय सरकारबाट जम्मा ४७ करोड २७ लाख २८ हजार र प्रदेश सरकारबाट ८ करोड ७६ लाख २८ हजार ६ सय ७० रुपैयाँ गरी जम्मा ५६ करोड ३ लाख ५६ हजार ६ सय ७० रुपैयाँ संघीय सरकार र बागमती प्रदेश सरकारबाट प्राप्त भएको उपाध्यक्ष सिमखडाले बताए ।

सबै वडाहरूका लागि ५ करोड ५० लाख, सडक खानेपानी जस्ता सार्वजनिक संरचना निर्माणका लागि १४ करोड ४६ लाख, १० वर्षे गाउँ शिक्षा योजना कार्यान्वयन गर्न सशर्त अनुदान बाहेक थप २ करोड १८ लाख, युवा तथा खेलकुद विकासका लागि १७ लाख, वन वातावरण तथा विपत व्यवस्थापनतर्फ ४० लाख, कृषि क्षेत्रतर्फ ५० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिकतर्फ २० लाख, पशु क्षेत्रतर्फ ४० लाख, ४० वर्ष पुगेका एकल महिला संरक्षणका लागि ६ लाख बजेट विनियोजन गरेको छ।

सुशासन ग्रामीण स्वास्थ्य सेवा भौतिक पूर्वाधार विकास कृषि प्रवर्द्धन गुणस्तरीय शिक्षा वातावरण मैत्री ग्रामीण सहर पर्यटन होमस्टे विपद व्यवस्थापन क्षमता विकास गरिबी न्यूनीकरण सामाजिक समावेशीकरण बालमैत्री स्थानीय शासन गुणस्तरीय सेवा सुविधामा गाउँपालिका बासीको पहुँच जस्ता क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर नीति कार्यक्रम र बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष भक्तबहादुर लामाले बताए । पार्टीभन्दा माथि उठेर नागरिकको सेवा र विकासमा लाग्नुपर्छ । कर्मचारीहरूको साथ सहयोग लिएर गङ्गाजमुना गाउँपालिकालाई विकास र समृद्धिमा पुर्याउन सकिने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट