थाक्रे गाउँपालिकाले ल्यायो ८४ करोड ८ लाखको बजेट

  • २०८३ अषाढ १०, बुधबार (१ घण्टा अघि)
  • १८ पटक पढिएको
थाक्रे गाउँपालिकाले ल्यायो ८४ करोड ८ लाखको बजेट

काठमाडौं– धादिङको थाक्रे गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ८४ करोड ८ लाख २९ हजार रुपैयाँ अनुमानित बजेट सार्वजनिक गरेको छ ।

Advertisement

गाउँसभाको १९औँ अधिवेशनमा उपाध्यक्ष यन्त्रबहादुर थापा ‘जिन्दगी’ले बजेट पेश गरेका हुन् । ४० करोड ८० लाख रुपैयाँ अर्थात् ४८ दशमलव ५३ प्रतिशत चालु खर्च र ४३ करोड २७ लाख रुपैयाँ अर्थात् ५१ दशमलव ४७ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन गरिएको छ ।
बजेटका लागि संघीय सरकारबाट वित्तीय समानीकरण, राजस्व बाँडफाँड, विशेष, समपूरक तथा सशर्त अनुदान गरी करिब ४८ करोड ८८ लाख रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बागमती प्रदेश सरकारबाट करिब ८ करोड ९० लाख रुपैयाँ प्राप्त हुने प्रक्षेपण गरिएको छ । गाउँपालिकाले आन्तरिक आम्दानीतर्फ २६ करोड २९ लाख रुपैयाँ संकलन गर्ने लक्ष्य लिएको छ ।

क्षेत्रगत रूपमा आर्थिक विकासतर्फ ७ करोड ७० लाख, सामाजिक विकासतर्फ ३४ करोड ५६ लाख ८० हजार, पूर्वाधार विकासतर्फ २५ करोड ३ लाख ४५ हजार, कार्यालय तथा प्रशासनतर्फ १४ करोड ४७ लाख ६८ हजार तथा सुशासन र अन्तरसम्बन्धित क्षेत्रतर्फ २ करोड ९९ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

उत्पादनमुखी अर्थतन्त्र, गरिबी न्यूनीकरण, सामाजिक न्याय, वातावरण संरक्षण, विपद् व्यवस्थापन तथा डिजिटल सेवा विस्तारलाई प्राथमिकतामा राखेर गाउँपालिका अध्यक्ष रामकुमार आचार्यले नीति तथा कार्यक्रम ल्याइएको बताएका छन् ।

कृषि उत्पादन वृद्धि, साना सिँचाइ आयोजना, कृषि बीमा, युवा कृषि स्टार्टअप, गुणस्तरीय स्वास्थ्य सेवा विस्तार तथा सडक, खानेपानी र अन्य पूर्वाधार विकासका कार्यक्रमलाई आगामी वर्ष विशेष प्राथमिकता दिइने उनले बताए ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट