खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट 

  • २०८३ अषाढ १२, शुक्रबार (५६ मिनेट अघि)
  • १४ पटक पढिएको
खनियाबास गाउँपालिकाले ल्यायो ४४ करोड २६ लाखको बजेट 

धादिङ– धादिङको खनियाबास गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ४४ करोड २६ लाख रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ ।

गाउँसभामा आर्थिक वर्ष २०८३/०८४ का लागि अनुमानित बजेट गाउँपालिका उपाध्यक्ष सेक्केमान तामाङले प्रस्तुत गरेका हुन् । त्यस्तै गाउँपालिका अध्यक्ष रणबहादुर तामाङले  निति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

संघ तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक, विशेष तथा सशर्त अनुदान, वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडबाट प्राप्त हुने अनुमानित रकमलाई समेटेर आगामी आर्थिक वर्षका विकास योजना तथा कार्यक्रम सञ्चालन गर्ने गरी बजेट विनियोजन गरिएको गाउँपालिकाले जनाएको छ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पूर्वाधार विकाससँगै शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन तथा सामाजिक क्षेत्रलाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

 

Advertisement

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट