नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

  • २०८३ अषाढ २०, शनिबार (४४ मिनेट अघि)
  • १३ पटक पढिएको
नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी

धादिङ– नीलकण्ठ जेष्ठ नागरिक समन्वय समितिमा कृष्णबहादुर अधिकारी चयन भएका छन् । नीलकण्ठ नगरपालिकाले जेष्ठ नागरिक नगर भेला गरी अधिकारीको अध्यक्षतामा नीलकण्ठ नगर समन्वय समिति गठन गरेको हो ।

समितिकाे उपाध्यक्षमा भरतप्रसाद अधिकारी, सचिवमा भवनाथ अधिकारी, काेषाध्यक्षमा तारादेवी अर्याल चयन भएका छन् ।

समितिकाे सदस्यहरुमा कुलप्रसाद ढकाल, लाेक बहादुर सार्की, केदार काेइराला, ठ कुमारी काेइराला, फत्त प्रसाद धमला, चित्रकुमारी भण्डारी, लालबहादुर गुरुङ, बाेधराज सुवेदी, चन्द्रकुमारी नेपाल, भवनाथ अधिकारी, उजेली गुरुङलाई चयन गरिएको छ ।

जेष्ठ नागरिक नगर भेलाकाे नीलकण्ठ नगरपालिका प्रमुख भीम प्रसाद ढुंगानाले अहिले घर घरमा पुगेर स्वास्थ्य सेवा प्रवाह भइरहेको उनले बताए । ‘नगरपालिकाले जेष्ठ नागरिकको हक हित र संरक्षणमा विशेष प्राथमिकता राखेर काम गर्दै आएको उनको भनाई छ ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट