धादिङमा लागूऔषध गाँजा सहित एकजना पक्राउ

  • नेपाल पथ
  • २०८३ अषाढ २२, सोमबार (१ मिनेट अघि)
  • ११ पटक पढिएको
धादिङमा लागूऔषध गाँजा सहित एकजना पक्राउ

धादिङ– धादिङको गजुरी गाउँपालिका-१ गजुरीबजारबाट ७ किलो ४१० ग्राम लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा गजुरी गाउँपालिका-६ गेदेका २० वर्षीय प्रमोद अधिकारीलाई पक्राउ गरेको हो ।

अधिकारी काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९८५ नम्बरको ईभी माइक्रोबसमा सवार रहेका थिए । अधिकारीले बोकेको झोला खानतलासी गर्दा झोलाभित्र पहेँलो प्लास्टिक टेपले बेरेर राखिएका सात वटा पोकामा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।

प्रहरी नायव उपरीक्षक दाहालका अनुसार लागूऔषध गाँजासहित एक थान मोबाइल बरामद गरिएको छ। पक्राउ परेका अधिकारीलाई धादिङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि थप अनुसन्धान गरिरहेको उनले बताए ।

 

Advertisement

लेखकको बारेमा

  • ,

    स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट