स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरु हटाउदैं धादिङका पालिकाहरु

  • २०८३ श्रावण १, शुक्रबार (५१ सेकेण्ड अघि)
  • ९ पटक पढिएको
स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरु हटाउदैं धादिङका पालिकाहरु

काठमाडौं– धादिङका पालिकाहरुले स्वीकृत दरबन्दी बाहेकका कर्मचारीहरु हटाउने थालेका छन् । सिद्धलेक गाउँपालिका र त्रिपुरासुन्दरी गाउँपालिकाले स्वीकृत दरबन्दी बाहेकका सबै कर्मचारीहरु हटाउने निर्णय गरेको हो ।

Advertisement

पालिकाहरुले ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा निरन्तरता नदिने निर्णय गरेको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृतहरुद्धारा जारी सूचना अनुसार बागमती प्रदेश स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ उपदफा (१) बमोजिम स्थानीय सेवाका कर्मचारीले गर्नुपर्ने कामका लागि कुनै पनि व्यक्तिलाई ज्यालादारी वा करारमा नियुक्त गर्न नपाइने कानुनी व्यवस्था रहेकाले उक्त निर्णय गरिएको हो ।

सूचनामा गाउँपालिका, वडा कार्यालय तथा स्वास्थ्य संस्थाहरूमा एक वर्षभन्दा बढी समयदेखि ज्यालादारी तथा करार सेवामा कार्यरत कर्मचारीहरूको सेवा २०८३ साउन १ गतेदेखि स्वतः समाप्त हुने उल्लेख गरिएको छ । त्यसपछि उनीहरूलाई हाजिर नगराउन तथा कुनै पनि जिम्मेवारी नदिन सम्बन्धित कार्यालय प्रमुख र शाखा प्रमुखलाई निर्देशन दिइएको छ ।

यस्तै, उक्त मितिपछि सेवामा नरहेका कर्मचारीको तलब, भत्ता वा अन्य कुनै सुविधा गाउँपालिकाबाट भुक्तानी नहुने स्पष्ट पारिएको छ । सूचनामा कानुनविपरीत कर्मचारीलाई हाजिर गराउने वा कुनै प्रकारको सुविधा उपलब्ध गराएमा त्यसको सम्पूर्ण जिम्मेवारी सम्बन्धित कार्यालय प्रमुख वा पदाधिकारी स्वयंले व्यहोर्नुपर्ने चेतावनी पनि दिइएको छ ।
अन्य पालिकाहरुले पनि यस विषयमा छलफल गरिरहेको बताएका छन् । केही पालिकाले भने तत्काल निर्णय नगर्ने धारणा राखेका छन् ।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट