काठमाडौं– धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० स्थित जवाङ खोला क्षेत्रमा आइतबार बिहान ढुङ्गामाटो र लेदोसहितको पहिरो खस्दा अवरुद्ध भएको मुग्लिङ-काठमाडौं सडकखण्ड करिब ६ घण्टापछि दुईतर्फी सञ्चालनमा आएको छ ।
अविरल वर्षापछि आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो। पहिरोसँगै माथिबाट निरन्तर ढुङ्गा झरिरहेकाले पहिरो हटाउने काममा कठिनाइ भएपछि अवरुद्ध सडक सुचारु गराउन समय लागेको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
जेसिवीको प्रयोग गरी पहिरो हटाएर अवरुद्ध सडक सुचारु गरिएको हो । निरन्तर खसिरहेको ढुङ्गाका कारण सडक खुलाउन समय लागेको भए पनि करिब ६ घण्टापछि पहिरो पूर्ण रूपमा हटाई सडक दुईतर्फी सञ्चालनमा ल्याइएको प्रहरी नायव उपरीक्षक दाहालले बताए ।
स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।
लेखकबाट थप
