‘प्रज्ञा वर्तिका’ लोकार्पण, जेष्ठ निवृत्त शिक्षक सम्मानित

  • २०८३ श्रावण १३, बुधबार (११ मिनेट अघि)
  • १  पटक पढिएको
‘प्रज्ञा वर्तिका’ लोकार्पण, जेष्ठ निवृत्त शिक्षक सम्मानित

काठमाडौं–  गुरु पूर्णिमा, व्यास जयन्ती, २६औँ निवृत्त शिक्षक दिवस तथा नेपाल निवृत्त शिक्षक समाज धादिङको १२औँ स्थापना दिवसको अवसरमा धादिङमा शिक्षकहरुलाई सम्मान तथा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण गरिएको छ । नेपाल निवृत्त शिक्षक समाज, जिल्ला कार्य समिति धादिङले एक कार्यक्रमको आयोजना गरि  शिक्षकहरुलाई सम्मान तथा ‘प्रज्ञा वर्तिका’ स्मारिका लोकार्पण गरेको हो।

कार्यक्रममा ‘प्रज्ञा वर्तिका’ स्मारिकाको औपचारिक अनावरण गरिएको छ । सम्पादन मण्डलका सदस्य रमेश अधिकारीका अनुसार स्मारिकामा शिक्षक आन्दोलन, विज्ञान, साइबर सुरक्षा, धादिङका ऐतिहासिक स्थलहरूको परिचय, जिल्लाको समग्र चिनारी, साहित्यलगायत २० वटा विविध विषय समेटिएका छन् ।

स्मारिका प्रकाशनका लागि डाक्टर नवीनबन्धु पहाडी, रमेश अधिकारी, डाक्टर मोहन कडेल, शालिग्राम अर्याल तथा विष्णुप्रसाद रिजालले सम्पादन मण्डलमा रही योगदान पुर्‍याएका थिए । योगदानको उच्च कदर गर्दै उनीहरुलाई कार्यक्रममा सम्मान गरिएको हो ।

त्यसैगरी कार्यक्रममा जेष्ठ निवृत्त शिक्षक कमलराज कँडेल, संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल र निवृत्त शिक्षक विष्णु भट्टराईलाई विशेष सम्मान गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि समेत रहेका पुष्पविक्रम मल्लले साहित्य समाज रूपान्तरणको महत्वपूर्ण माध्यम भएको बताएका छ्न् । ‘आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक आन्दोलनलाई सही दिशा दिन साहित्यको महत्वपूर्ण भूमिका रहेको थियो । शिक्षकहरूबाट सिर्जित ज्ञान, अनुसन्धान र साहित्यले समाजलाई सभ्य, सचेत र प्रगतिशील बनाउन उल्लेखनीय योगदान पुर्‍याउने छ’ उनले भने ।

कार्यक्रममा समाजका जिल्ला अध्यक्ष केशरीप्रसाद पन्त, संविधानसभा सदस्य तथा निवृत्त शिक्षक पुष्पविक्रम मल्ल, नेपाल निवृत्त शिक्षक समाजका केन्द्रीय उपाध्यक्ष गुणराज गौतम लगायतले  निवृत्त शिक्षकहरूको ज्ञान, अनुभव र सिर्जनशीलतालाई भावी पुस्तासम्म हस्तान्तरण गर्दै समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।

लेखकको बारेमा

  • स्रोतहरू खुलाइएका बाहेक नेपालपथ मिडिया नेटवर्क द्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू नेपालपथ डट कमका सम्पत्ति हुन् ।

    लेखकबाट थप
  • तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    खोजी गर्नुहोस

    ताजा अपडेट